२० असोज, काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए ।
बैठकमा जीवन परियार, चूडामणि विक जंगली, डिल्लीप्रसाद काफ्ले, मीना पुन, प्रेम सुवाल, रामहरि सुवेदी, रामहरि खतिवडा, रवीन्द्र अधिकारी र रुक्मिणी चौधरीले सबै कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए । कर्मचारीले दलगत रुपमा नभई राष्ट्रियस्तरको एकमात्र टे«ड युनियन बनाउन पाउने प्रावधान विधेयकमा राख्न पनि उहाँहरुले सुझाव दिएका थिए । रासस
प्रतिक्रिया