१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोषिलो लट्टेः खानेकुरा एक, फाईदा अनेक



काठमाडौं । खेतबारीमा प्रशस्त पाइने लट्टे तपाइँ हाम्रो मीठो खानेकुराको सूचीमा पर्दैन । खेतबारीमा नाभो उम्रिएर त्यत्तिकै खेरा गइरहेको लट्टेको साग खाँदा शरिरले धेरै किसिमका पौष्टिक तत्वहरू एकैचोटी पाउँछ भन्ने हामी कतिपयलाई थाह छैन ।

तर लट्टे प्रोटिन, र धेरै किसिमका भिटामिन पाइने खाना हो भनेर वैज्ञानिक अनुसन्धानले नै पुष्टी गरेको छ ।

लट्टेको हरियो साग र दाना दुवै धेरै पोषिलो रहेको ल्याब टेष्टले समेत पुष्टी गरिसकेको छ । लट्टको दाना अति मसिनो हुन्छ । नेपालको पहाडी क्षेत्रमा यसको दानालाई भुटेर खान्छन् ।

भुट्दा जुनेलोको जस्तै फूल धेरै र ठेट्ना कम उठ्छ । साथै दाना पिसेर रोटी, ढिँडो र सातु खाने चलन छ । कुपोषण घटाउन लट्टे अचूक खानेकुरा हुने अनुसन्धानहरूले प्रमाणित गरिसकेको छ ।

यसै गरि लट्टेको सागलाई उसिनेर पानी फ्याँके पछि नून खोर्सानी र कालो तील (फिलिङ्गे) को छोप मोलेर बनाइएको अचार पहाडी क्षेत्रमा स्वादिष्ट मानिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार मधुमेह पिडित र मुटु रोगीका लागी लट्टेबाट बन्ने खानेकुरा खाँदा फाईदा पुग्छ । खासगरि भिटामिन ई धेरै पाइने हुँदा लट्टे खाँदा कोलेस्ट्रोल घट्ने अनुसन्धानले नै पुष्टी गरेको विभागले जनाएको छ ।

अरू अन्नबालीको तुलनामा लट्टेको प्रोटिनमा लाइसिन र मिथोयोनिन नामक शरिरलाई अत्यावश्यक एमिनो एसिड धेरै पाइन्छ । फिक्काभन्दा गाढा रङको लट्टेमा धेरै भिटामिन पाइन्छ । प्रोटिनको मात्रा धेरै पाइने हुँदा अचेल बजारका प्रशोधित खानेकुरामा पनि लट्टेको पीठो मिसाउने गरिन्छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार ००:००