२८ फाल्गुन २०८०, सोमबार | Tue Mar 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन पौष्टिक तत्वले के फाईदा गर्छ, जानिराखौँ



काठमाडौं । हामीले दैनिक रुपमा साँझ बिहान खाने खानाबाट भिटामिन, कार्बोहाइड्रेट, खनिजजस्ता पौष्टिक तत्व पाइन्छ भन्नेबारे सबैजसोलाई थाह छ । तर हाम्रो शरिरमा ती पौष्टिक तत्वहरूमध्ये कुनले के फाईदा गर्छ भनेर धेरैलाई थाह छैन ।

यसबारे मात्रै थाह पाउन सके सन्तुलित खानपानमा जोड दिने प्रयास गर्न सकिन्छ । खानपान सन्तुलित भएमा मोटोपन, ख्याउटेपन, कम तौल, पुड्कोपन, रक्तअल्पताजस्ता शारिरक समस्या न्यूनीकरण हुन्छ ।

हाम्रो शरिरलाई कुन खाद्यवस्तुबाट के फाईदा पुग्छ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुसन्धानको निष्कर्ष हेरौँ !

कार्बोहाईड्रेट

१) हाम्रो शरिरलाई चाहिने ७० देखि ८० प्रतिशत शक्ति यसबाट प्राप्त हुन्छ ।

२) १ ग्राम कार्बोहाइड्रेटमा ४ किलो क्यालोरी पाइन्छ ।

प्रोटिन

१) शरिरको कोषिकाहरूको बृद्धि गर्छ ।

२) खिइएको, काटिएको वा क्षति पुगेको कोषिकाहरूको मर्मत गर्छ ।

३) समग्रमा शरिरको बृद्धि र विकास गर्छ ।

४) पाचन रस, एन्टी बडी हार्मोन उत्पादन गर्छ ।

५) एक ग्राम प्रोटिनमा ४ किलो क्यालोरी पाइन्छ ।

चिल्लो

१) यसको थोरै मात्राले पनि धेरै शक्ति दिन्छ । १ ग्राम चिल्लोमा ९ किलो क्यालोरी पाइन्छ ।

२) छालाको हेरचाह गर्छ ।

३) शरिरमा भिटामिनहरू जस्तै ए, के, ई, डीलाई सोस्न मद्दत गर्छ ।

भिटामिन

भिटामिनका प्रकार धेरै छन् । यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । भिटामिन थोरै भए पुग्ने तर नभई नहुने पौष्टिक तत्व हो । भिटामिन ए– आँखालाई स्वस्थ्व राख्ने र छालाको हेरचाह गर्छ । शाररिक बृद्धिमा सहयोग पु¥याउँछ भने अन्य रोगको संक्रमणबाट जोगाउँछ ।

भिटामिन डीः हड्डी बलियो पार्छ । शरिरलाई क्याल्सियम र सोडियम सोस्न सहयोग गर्छ ।

भिटामिन ईः शरिर भित्रको अत्यावश्यक चिल्लो पदार्थहरू बचाउँछ । रातो रक्त कोषिकाहरू बनाउँछ । शरिरमा भएको भिटामिन ए र क्यारोटिनजस्ता तत्वहरू बचाइराख्छ । र कोषिकहरूलाई नष्ट हुन दिँदैन ।

भिटामिन बीः कमजोर वा थकित हुनबाट बचाउँछ । स्नायुसम्बन्धी रोग बेरीबेरबाट बचाउँछ । पखाला लाग्नबाट जोगाउँछ । मांशपेसीसम्बन्धी रोग पेलाग्रा लाग्नबाट जोगाउँछ । स्मरण शक्तिलाई बलियो पार्छ ।

भिटामिन सीः गिजासम्बन्धि रोग लाग्न दिँदैन । छाला भित्रको कोषिकाहरूलाई क्षति हुन दिँदैन । रक्तअल्पता कमी गराउँछ । विभिन्न रोगको प्रतिरोध गर्छ । साथै लामो समय निरोगी भइरहन सघाउ पु¥याउँछ ।

खनिज तत्व

क्याल्सियमः हड्डी बलियो पार्छ । मांसपेसीहरूलाई स्वस्थ्व राख्छ ।

फलामः रगत निर्माण गर्न सहयोग गर्छ । रक्तअल्पता कमी गर्छ । शरिरिक बृद्धि गराउँछ । खानको रुची बढाउँछ । विभिन्न रोगको प्रतिरोध गर्छ । शरिर स्वस्थ्व राख्छ ।

आयोडिनः शरिरलाई फुर्तिलो र जाँगरिलो बनाउँछ । गलगाँड आउन दिँदैन । बोल्न नसक्ने वा बोल्दा भक्भकाउने समस्या आउन दिँदैन ।

पानी

१) सबै पौष्टिक तत्व शरिरको विभिन्न भागमा पुर्याउँछ ।

२) शरिरको सबै फोहोरमैला बाहिर निकाल्छ ।

३) शरिरको तापक्रम सन्तुलनमा राख्छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ००:००