२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असन्तुलित खानपानले निम्त्याएको स्वास्थ्य समस्या बिकराल



काठमाडौं । हाम्रो खानपान असन्तुलित हुँदा विभिन्न स्वास्थ्य समस्याको अवस्था बिकराल छ ।

असन्तुलित खानपानले पुड्कोपन, अधिक तौल, कम तौल र ख्याउटेपनाको समस्या सोचेभन्दा धेरै छ । मातृशिशु हेरचाह गर्दा खानपानको सन्तुलन नमिल्दा बालबालिका विभिन्न स्वास्थ्य समस्या लिएर जन्मिरहेका छन् ।

राष्ट्रिय योजना आयोगका अनुसर सन् २०१६ को तथ्यांक अनुसार नेपालमा जन्मिने कूल बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपनको समस्या थियो । २०१९ मा भने घटेर ३१.५ प्रतिशतमा झरेको छ ।
नेपालमा जन्मिने कूल बालबालिकामध्ये ख्याउटेपना १२, रक्तअल्पता ५३ र कम तौल २४ प्रतिशत छ । यसैगरि अधिक तौल र ख्याउटेपना घट्नुको सट्टा बढिरहेको छ ।

खासगरि कर्णाली र मधेश प्रदेशमा मातृशिशु पोषणको सूचकहरू कमजोर छन् । यसैले असन्तुलित खानपानका कारण निम्तिने स्वास्थ्य समस्या पनि कर्णाली र मधेशमा धेरै छ ।

सरकारी प्रयत्न

राष्ट्रिय योजना आयोगका अनुसार बालबालिाकामा सन् २००१ मा पुड्कोपनको दर ५७ प्रतिशत थियो । खानपानको असन्तुलनबाट देखिएको अन्य स्वास्थ्य समस्या पनि बिकराल थियो । सरकारले सबैभन्दा पहिला पोषणलक्षित कार्यक्रम २०६९ सालमा सुरू गरेको थियो ।

पोषणसम्बन्धी कार्यक्रम एउटै निकाय वा सँस्थाबाट सञ्चालन गर्न असम्भव भएको हुँदा सरकारले बहुक्षत्रीय पोषण योजना सञ्चालन गरिरहेको छ । पहिलो चरणको योजना २०७३ सालमा सम्पन्न भएको थियो भने दोस्रो योजना २०७५ बाट सञ्चालन भई अहिले यही असार मसान्तमा सम्पन्न हुँदैछ ।

आउने आर्थिक बर्षमा तेस्रो चरणको योजनाको खाका बनाउने र आव ०८०/८१ देखि कार्यान्वयन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

योजना सञ्चालनमा सामान्य प्रशासनसहित स्वास्थ्य, शिक्षा, कृषी, पशुपन्छी मन्त्रालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग, योजना आयोगसहित दातृ निकायहरू सामेल छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ००:००