२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका, बैंक र वडाको समन्वयमा वडा वडामा भत्ता



काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले पनि बैंकमार्फत भत्ता बितरण गर्न थालेको छ ।

सडक सञ्जालले नछोएको चीनसँग सीमा जोडिएको वडाहरूमा समेत बैंकमार्फत भत्ता बितरण गर्न थालिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङका अनुसार गाउँपालिकाको समन्वयमा बैंकको कर्मचारी, पञ्जीकरण शाखाको कर्मचारीलाई भत्ता बाँड्ने स्थलसम्म पु¥याउँदै आएको छ ।

“गाउँपालिकाले गाडीको व्यवस्था गर्छ । पञ्जीकरण शाखाको कर्मचारी र बैंकको कर्मचारी भत्ता बाँड्ने स्थलसम्म जान्छन्,” तामाङले भनिन्, “गाडी नजाने ठाउँमा पनि मोटरसाईकलमा कर्मचारी गएर भत्ता दिँदै आएको छ ।”

बैंकबाट भत्ता बाँड्न थाले पछि अरू ठाउँमा जस्तै जुगल गाउँपालिकामा पनि बृद्धबृद्धा, बालबालिका र अपाङ्गता भएका लाभग्राहीहरूले बैंकसम्म धाउनु पर्ने हो कि भन्ने चिन्ता थियो ।

तर गुनासो आउन नपाई गाउँपालिकाले सहजीकरण गरेर भत्ता बितरणलाई सजिलो बनाइदिएको छ ।

चीनसँग सीमा जोडिएको साविकको गुम्बा गाविस (हालको वडा नं. ३) अति दुर्गम मानिन्छ ।

“सकेसम्म घरमै पुगेर भत्ता बाँडिरहेका छौँ । तर सबै बस्तीमा सडक पुगेको छैन,” उनले भनिन्, “सकेसम्म घरमै, नभए पनि सबैलाई पायक पर्ने ठाउँमा भत्ता बाँड्दै आएको छ ।”

अनावश्यक भीड नहोस् भनेर गाउँपालिकाले वडाहरूमा पालैपालो भत्ता बितरण गर्दै आएको छ । यसका साथै, वडाध्यक्ष र वडाका कर्मचारीहरूले आवश्यक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार ००:००