८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरीको कङ्क्रिट हटाउन चार निवेदन



 

८ जेठ, काठमाडौं ।
रानीपोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन काठमाडौं महानगरपालिकाले गत वैशाख २२ गते बोलपत्र आह्वान गरेकोमा चार वटा निवेदन पेश भएका छन् । माग गरिएको समयानुसार आइतबार समय सकिउको छ ।

चार निवेदनमध्येबाट कामपाले भनेअनुसार कम मूल्यमा जसले काम गर्न निवेदन पेश गरेको छ, उसैलाई छनोट गरिने कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार बुधबारसम्म कसलाई जिम्मा दिने भन्नेबारे मूल्याङ्कन समितिले छनोट गरिसक्ने छ ।

कामपाले छनोट गरेसँगै रानीपोखरीमा पुनःनिर्माणका लागि प्रयोग भएका आधुनिक निर्माण सामग्री हटाइने छ । यसअघि कामपाले आगामी जेठ १५ गतेबाट पुनःनिर्माण शुरु गर्ने जानकारी गराए पनि १५ गतेबाट पुनःनिर्माण गर्न नसकिने र भत्काउने कार्य भने गर्ने कामपाले जानकारी दिएको छ ।

भूकम्पका कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो । अहिले पोखरी पुरातत्व विभाग र पोखरीको अन्य भाग काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भएका छन् ।

करिब १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भनी चौतर्फी विरोध आएपछि स्थगित गरिएको छ । सोही समयमा प्रयोग भएका आधुनिक सामग्री हटाई पुनःनिर्माण गर्ने कामपाको योजना छ ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार ००:००