मुलुकमा संविधान जारी भएर एक दशक पुग्दैछ । वि.सं. २०७२ असोज ३ गते संविधान जारी भए पछि नेपालमा केन्द्रीकृत र एकात्मक व्यवस्थाको अन्त्य भएर संघीयताको थालनी भएको थियो । संविधानको मूल व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र हो । यही व्यवस्थाका कारण संघ, प्रदेश र स्थानीय तहमा राज्शक्तिको बाँडफाँड भएको छ । संविधान जारी भए पछि यसअघि…