६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन खाद्य वस्तुमा कुन पौष्टिक तत्व पाइन्छ, जानिराखौँ



काठमाडौं । हामीले दैनिक रुपमा खाने खानाहरूबाट कार्बोहाइड्रेट, भिटामिन, प्रोटिनजस्ता पौष्टिक तत्व पाइन्छ भन्ने कुरा सबैलाई थाह छ । तर कुन खानामा कुन पौष्टिक तत्व पाइन्छ भन्नेमा अनभिज्ञ छौँ ।

यही अनभिज्ञताले हाम्रो खानपान असन्तुलित हुँदै आएको छ । शरिरलाई चाहिने खाना नखाने र नखाँदा पनि हुने खाना खाइरहेका हुन्छौँ । जसले गर्दा अधिक मोटोपना, कम तौल, रक्तअल्पता, पुड्कोपन, ख्याउटेपन जस्ता समस्याहरू आउने गर्छन् ।

खानपानको कारणले देखिएको शाररिक समस्याको अवस्था कति भयावह छ भने नेपाल जनसंख्यिक स्वास्थ्य सर्भेक्षण प्रतिवेदनअनुसार ५ वर्ष मुनीका नेपालको कूल बालबालिकामध्ये ३१.५ प्रतिशतमा पुड्कोपन छ ।

यसैगरि नेपालमा ५ बर्ष मुनीका कूल बालबालिकामध्ये ५३ प्रतिशत रक्तअल्पताबाट पिडित छन् । कूल बालबालिकामध्ये १२ प्रतिशतमा ख्याउटेपन र २४ प्रतिशतमा कम तौलको समस्या छ ।

हामीले दैनिक रुपमा खाइरहेको खाना सन्तुलित तरिकाले खानु पर्ने पोषण विदहरू बताउँछन् । कुन खाद्यवस्तुमा कुन पोषण पाइन्छ, यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको केही जानकारीः

कार्बोहाइड्रेट पाइने खाद्य वस्तुहरू

१) चामल, मकै गहुँजस्ता विभिन्न किसिमका अन्न र त्यसबाट बनेका खानाहरू ।

२) तरुल, आलु, सखरखण्डजस्ता जमिनमुनी फल्ने वस्तु र त्यसबाट बनेका खानाहरू ।

३) चिल्लो पदार्थ

४) तोरी, तीलजस्ता तेलहन बालीहरू

५) गुलिया खानेकुरा

प्रोटिन पाइने खाद्य वस्तुहरू

१) दाल तथा गेडागुडी

२) मासु र त्यसबाट बनेका खानेकुरा

३) दूध र त्यसबाट बनेका खानेकुरा

४) माछा, अण्डा

५) बदाम, काजु, ओखर आदि

चिल्लो पाइने खाद्य वस्तुहरू

१) तेलहन बाली– तोरी, तील, भटमास, सूर्यमुखीको फूल, वनस्पती घिउ इत्यादि

२) पशुजन्य उत्पादन– गाई, भैंसी, चौँरीको दूध, नौनी, घिउ इत्यादि

भिटामिन पाइने खाद्य वस्तुहरू

१) हरिया सागपात र अन्य सबै जातका तरकारी

२) सबै जातका फलफूलहरू

३) अन्डा, माछा, मासु, दूध

खनिज पाइने खाद्य वस्तुहरू

१) हरिया सागपात र सबै जातका तारकारी

२) सबै जातका फलफूलहरू

३) अन्डा, माछा, मासु, दूध

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ००:००