२९ फाल्गुन २०८०, मंगलबार | Tue Mar 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फलफूल किन्दा होसियारी अपनाउँ, हानिकारक बिषादी हालेको हुनसक्छ



काठमाडौं । अचेल बजारमा हेर्दै खाउँखाउँ लाग्ने आँप, स्याउ, मेवा, केराजस्ता फलफूल पाइन्छ । हामीले त्यही फलफूल किनिरहेको हुन्छौँ ।

हेर्दा आर्कषक देखिने यस्ता फलफूलमा अति हानिकारक विषादीको प्रयोग हुन सक्ने खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागले फलफूलको गुणस्तर जाँच गर्दा बजारमा पाइने फलफूलमा कार्बनअक्साईडबाट निस्किने एसिटिलिन ग्याँसको प्रयोग गरेको पाइएको छ । उक्त ग्याँस स्टील लगायतका धातु वेल्डिङ गर्दा प्रयोग हुन्छ । उक्त ग्याँसबाट पकाइएका फलफूल खाँदा क्यान्सरसमेत हुन सक्ने निष्र्कष निकालेको छ ।

व्यवसायिक प्रयोजनका लागी एकैचोटी धेरै परिणाममा फलफूल पकाउन यस्ता अप्राकृतिक विधिहरू अपनाउने गरेको विभागको ठहर छ ।

यसैगरि क्याल्सियम कार्बाइड रसायनबाट पकाइएका फलफूल खाँदा पेट पोल्ने, मुखमा घाउ हुने, झाडाबान्ता लाग्ने, आमशायमा असर पुग्ने समस्या देखा पर्न सक्छ । यसैगरि टाउको दुख्ने, रिङ्गटा लाग्ने, निन्द्रा लागिराख्ने समस्या पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?

विभागले यस्ता हानिकारक रसायन प्रयोग गरिएका फलफूलको प्रयोगबाट बच्न केही सुझाव दिएको छ । जुन निम्न प्रकार छन् ।

१) फलफूल पाक्ने प्रकृतिक समयभन्दा अघि नै बजारमा पाइने फलफूल नकिन्ने । व्यवसायिक स्वार्थले कलिलैमा रसायन प्रयोग गरि पकाएको हुन सक्छ ।

२) बजारमा किनेका फलफूल खानै परे राम्रोसँग धुने, सकेसम्म बगिरहेको पानीमा केही बेरसम्म पखाल्ने । यसो गर्दा बिषादी रहे पनि पखालिन मद्दत पुग्छ ।

३) आँप, मेवाजस्ता फलफूलहरू सिङ्गै खानुभन्दा ताछेर टुक्रा परेर खानु राम्रो हुन्छ ।

४) हेर्दा आर्कषक र एकैनासले पाकेका (जस्तै केराका कोसाहरू) फलफूल नकिन्ने । यसमा क्याल्सियम कार्बइटजस्ता प्रतिबन्धित रसायनहरू प्रयोग गरेर पकाइएका हुन सक्छ ।

५) फलफूलको भेट्नो, बोक्रामा कालो दाग वा धब्बाहरू छन् भने क्याल्सियम कार्बाइट प्रयोग गरिएको हुन सक्छ ।

६) फलफूलको भेट्नो र बोक्रा सेतो, खैरो धुलो देखिएमा वा हातले छाम्दा÷पुछ्दा अस्वभाविक रुपमा बलुवाजस्तो खस्रो हाता टाँस्सिए त्यसमा पनि क्याल्सियम कर्बाइटको प्रयोग भएको हुन सक्छ ।

७) फलफूलको प्राकृतिक वा चारित्रिक बिषेशताभन्दा फरक वासना वा गन्ध आएको भए त्यस्ता फलफूल नकिन्ने ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००