४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकसय घरधुरी अन्धकारमा बस्न बाध्य




बैतडी
, १९ असोज । सुर्नया गाउँपालिका ६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।

बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताए । आयोजनाको उपकरण बिग्रिएको र बनाउन पाँच लाखभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसंग मर्मतका लागि आवश्यक रकम नहुँदा मर्मत गर्न नसकिएको उनले बताए ।

लघुजलविद्युत् आयोजना बन्द भएसंगै सुर्नया गाउँपालिका– ६ का करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै सुर्नया गाउँपालिका ६ मा रहेका सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको दुई वर्षभन्दा बढी भए पनि सञ्चालनमा आउन सकेको छैन ।

स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाको व्यवस्थापन गर्न नसक्दा लघुजलविद्युत् आयोजना बन्द भएको हो । पछिल्लो समयमा व्यवस्थापनको अभाव, आर्थिक समस्या लगायतका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००