१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँकै बेला खाना पकाउने ग्यासको अभाव




कञ्चनपुर
, १२ असोज । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् ।

“ग्याँस सकिएपछि बजारका अधिकांश पसलमा धाउँदा पनि ग्याँस पाउन सकिएन” स्थानीयवासी विष्णु चौधरीले भनिन्, “ग्यास नपाइएपछि दाउरा खोज्दै छु ।” ग्यासको अभावमा निकै मर्कामा परेको उनको भनाइ छ ।

झलारी बजारमा ग्यास व्यवसाय गर्दै आएका मदनराज भट्टले ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताए । “ग्यासको माग धेरै छ” उनले भने, “तीस वटा मात्रै ग्यासका सिलिण्डर कम्पनीबाट आएपछि सबैलाई पुर्याउन सकिएको छैन ।” उनकै जस्तै जिल्लाका सबै ग्यास व्यवसायीसंग ग्यासका सिलिण्डर छैनन् ।

ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २०० सिलिण्डरमा भर्न पुग्ने हुन्छ । एक हजार २०० सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ । बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ ।

अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाइ हुँदै आएकोमा यस वर्ष दशैँकै बेला सरसफाइ हुन थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको हो ।
रासस

प्रकाशित मिति : १२ आश्विन २०७४, बिहिबार ००:००