१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव प्रचारमा बालबालिकाको प्रयोगप्रति मानव अधिकार अायाेगकाे आपत्ति



लहान, २८ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले तेश्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकामा आपत्ति जनाएका छन् ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुन लागेको स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेका पाठकले आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरी दलहरू र उम्मेदवारले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको बताए ।

 

“हाल चुनाव भइरहेको जिल्लाहरूमा प्रचारप्रसारमा बालबालिकाको प्रयोग भइरहेको पाइयो,” उनले भने, “यस्तो काम तत्काल सो कार्यलाई रोक्नु जरुरी छ ।” गाउँगाउँमा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुदा मत बदर हुने सम्भावना बढ्नसक्नेप्रति चिन्ता व्यक्त गर्दै उनले मतदाता शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्न पनि उनले सुझाव दिए ।

यस्तै उनले अनुगमनका क्रममा कतिपय मतदान केन्द्र खुल्ला चौरमै राखिएको पाइएका कारण ती केन्द्रहरू सुरक्षित र घेरबार भएको स्थानमा सार्नसमेत आग्रह गरे । निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको पाइएपनि ग्रामीण क्षेत्रमा बाटोघाटो क्षतिग्रस्त रहेकाले तत्काल मर्मत गर्नुपर्ने स्थिति रहेको पनि उनले बताए । रासस

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ००:००