१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्साहामा खानेपानी आयोजना निर्माण हुने




कञ्चनपुर
, १६ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ बन्साहामा १२ करोड ८१ लाखको लागतमा खानेपानी आयोजना निर्माण हुने भएको छ ।

उक्त अयोजना जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको सहकार्यमा निर्माण हुने भएको हो । नगरपालिकाको वडा नं १ र २ का झण्डै एक हजार घरघुरीका बासिन्दा लाभान्वित हुने गरी आयोजना निर्माणको कार्य हुने वडाध्यक्ष हरिश बिष्टले बताए ।

आयोजना निर्माणको कार्यलाई अगाडि बढाउनका लागि सुवर्ण बिष्टको अध्यक्षमा नौ सदस्यीय बन्साहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसमेत गठन गरिएको छ । आयोजना निर्माण भएपछि वर्षौंदेखि ह्याण्ड पम्पको पानी पिउँदै आएका बासिन्दाले शुद्ध पिउने पानी पाउने भएका छन् ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००