१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार




पाँचथर
, ३० साउन । अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ ।

पहिरोले हिलिहाङ गाउँपालिका ३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो ।

स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर, अँधेरीखोला, अमले खोल्सी, गुहेखोल्सीहरु थापिएका मुहान अधिकांश ट्यांकी तथा बिच्छ्याइएका पाइप तथा मुहान बगाएको हो ।

अहिले आकासेपानीको भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । खानेपानीको मुहानको संरक्षण गरिदिन, टुटफुट भएका, बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उनीहरुले आग्रह गरेका छन् ।

फालेलुङ ३ मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा त्यस भेगका १८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।

फालेलुङ गाउँपालिका ३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ वर्षअघि निर्माण गरेको मांलेबुङ खानेपानी आयोजना र दुई वर्षअघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार बिहानको पहिरोले बगाएको हो । मांलेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीनवटै स्थानको मुहान पहिरोले बगाएको हो ।

त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका एक सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ ।
रासस

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार ००:००