१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरलाई बालवालिकाको प्रश्नः गिट्टी कुटिरहेका हाम्रा साथी कहिले स्कूल आउँछन् ?



स्थानीय खबर समाचारदाता, घोराही, दाङ । बाल श्रममा भएका बालबालिकालाई बिद्यालय ल्याउने पहल थाल्न घोराही उपमहानगरका बालबालिकाले त्यहाँको स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

“हाम्रा साथीहरू गिट्टी कुटिरहेका छन्, मेरै एक जना साथी गाडीमा खलाँसी छन्, हाम्रा उमेरका साथीहरु होटलमा भाडा माझिरहेका छन् । तिनीहरु बिद्यालयमा कहिले आउँछन् मेयर साब ?” घोराही उपमहानगरपालिकाको बाल सञ्जालका प्रतिनिधि विकाससेन नेपालीले नगर प्रमूख नरुलाल चौधरीलाई सोधेको प्रश्न हो यो ।

नगर प्रमूख चौधरीले बालबालिकाको प्रश्नको जवाफ दिदै आगामी नगरसभाबााट पारित हुने नीति र कार्यक्रमले बाल अधिकार हनन् बिरुद्ध बिशेष कार्यक्रम ल्याउने जवाफ दिएका थिए । युनिसेफ नेपालको सहयोगमा मीरेष्ट नेपालद्धारा आयोजित बृत्तचित्र प्रदर्शनी र अन्तरक्रिया कार्यक्रमका क्रममा बालबालिकाले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधि नेपालीले बिगतमा बालबालिकाका नाममा आएको १५ प्रतिशत रकम बालबालिकाको क्षेत्रमा खर्च नभएको गुनासो गरे । बाल सन्जालकै अर्का प्रतिनिधि पूर्णीमा घर्तीमगरले बालिकाहरुलाई परेको समस्या सुनाईन् । महिनावारीका कारण छात्राहरुले बिद्यालय छोड्न परिरहेको ले सबै बिद्यालयमा सेनटरी प्याड निशुल्क दिन माग गरिन् ।

सरोकारवालाको कुरा सुने पछि नगर प्रमूख चौधरीले समाजलाई समृद्ध बनाउन बालमैत्री स्थानीय शासनको नीति उप—महानगरपालिकाले अख्तियार गर्ने बताएका छन् । उपमहानगरकी उपप्रमूख सीता न्यौपानेले सरोकारवालाको साझेदारीमा बालमैत्री अभियानका क्रियाकलाप धमाधम भईरहेको बताइन् ।

कार्यक्रमको सभापति तथा वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले संबिधानको धारा ३९ लाई कार्यन्वयन गर्ने जिम्मेवारी स्थानीय तहको पनि भएको हुँदा घोराही उपमहानगरले कानुनी व्यबस्था गर्ने बताए । बाल श्रम र सडक बालबालिका घोराहीको मूल समस्या भएकाले यसका लागि नगरपालिका लागि रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले बालमैत्री स्थानीय शासनका लागि स्थानीय तहसंग गर्न पर्ने कार्य गर्न नेपाल प्रहरी सधै तयार रहेको बताए । उपमहानगरका सामाजिक शाखा प्रमूख सुबोध रेग्मी, बाल अधिकारकर्मी निर्मल नेपाली र विकिरण गौतमलगायतले बिबिध बिषययमा आफनो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७४, शनिबार ००:००