७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“बाल क्लब समस्या सुनाउने मात्र होइन, समाधान गर्ने ठाउँ बन्नुपर्छ’



 

स्थानीय खबर संवाददाता । बिराटनगर महानगरपालिकाले अर्थपूर्ण बाल सहभागिताका लागि बिशेष अभियान सुरु गर्ने भएको छ । बिराटनगर महानगरपालिकाका प्रमूख भीम पराजुलीले मीरेष्ट नेपालद्वारा बालभेला सम्बन्धी बृत्तचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिए ।

“केही दिन भित्रै नगर सभा हुँदैछ, नगरसभामा बालबालिका सम्बन्धी योजना तर्जमा गर्न बिशेष बालभेला आयोजना गर्ने छौं,” पराजुलीले भने, “बालअधिकार हनन् हुन नदिन महानगरले बिषेश कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं ।”

बाल क्लबहरूलाई सक्रिय बनाएर अन्य सामाजिक रुपान्तरणका क्रियाकलापहरु अगाडि बढाउने उनले बताए । बाल क्लबहरूलाई समस्या सुनाउने थलो मात्रै नभई समस्या समाधान गर्ने ठाउँको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

यसअघि मीरेष्ट नेपालका तर्फबाट बोल्दै पत्रकार कुमार यात्रुले बिराटनगरलाई बालमैत्री सिकाई केन्द्रका रुपमा विकास गर्न सुझाव दिएका थिए । कार्यक्रममा संयुक्त टोल संगठनका संयोजक राजेश मास्केले बालमैत्री नगर भित्रका समस्या प्रस्तुत गर्दै बालमैत्री घोषणा व्यबहारमा परिवर्तन गर्नु पर्ने धारणा राखेका थिए ।

बालबालिकाका तर्फबाट लाड्ली खातुन र इद मोहम्दले बालबालिकाका समस्या सुनाएका थिए । बालभेला सम्बन्धी अभ्यास समेटिएको बृत्तचित्र प्रदर्शनीमा महानगरका सामाजिक विकास शाखाका प्रमूख डिल्ली धिमाल, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति बिष्णु लामिछाने, बाल अधिकारकर्मी सरस्वति गुरुङलगायतले धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००