१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदी गाउँपालिकाः दराक तिलहार खानेपानी योजना शुरु



पुस १९, पर्वत । खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ ।

मोदी गाउँपालिका ६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना बनाउन थालिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन बागलुङले तीन करोडमा योजना निर्माण गर्न थालेको हो । योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभिजन प्रमुख प्रेम डोटेलले बताए । नवजागृत माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण गरिनेछ ।

योजनाबाट मोदी ८ को ओडारे, मोदी ७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपूर्ति हुनेछ । डिभिजनका इञ्जिनीयर सङ्गीता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरी योजना पुरा गर्न आग्रह गरे ।

मोदी गाउँपालिका ६ का अध्यक्ष विमल लामिछानेले चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धता अनुसार प्रदेश सरकारबाट ५० लाख विनियोजन गरी काम थालेको जानकारी दिए ।

योजनाको सांसद पदम गिरीले बुधबार शिलान्यास गर्दै चार वर्षभित्रमा पर्वतलाई मुलुकमै पहिलो स्वच्छ पिउने पानी उपलब्ध भएको जिल्ला बनाउने लक्ष्यसहित खानेपानी क्षेत्रमा काम भइरहेको बताए । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००