१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा स्वास्थ्य बीमा दर्ता शुरु



२६ चैत, बाजुरा ।
बाजुरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो ।

दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र जिल्ला स्वास्थ्य समन्वय समिति सल्लाहकार एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले नाम दर्ता गराएर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

गरीब तथा विपन्न समुदायलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट स्वास्थ्य सेवाको सुनिश्चित गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको हो । सेवा जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।

स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट शुरु गरिने भए पनि नाम दर्ता कार्यक्रम चैत २५ गतेबाट औपचारिक उद्घाटन गरिएको छ । जिल्लामा २०६८ सालको जनगणनाअनुसार २० हजार ९०८ वटा परिवार संख्या रहेको छ ।

ती सबै घरलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष भरत बोहराले बताए । ५ जना संख्या रहेको प्रतिपरिवार २ हजार २०० का दरले बीमा शुल्क लिइनेछ भने त्यसभन्दा माथि प्रतिव्यक्ति ४२५ थप गर्दै लगिने बताइएको छ ।

परिवारले २ हजार ५०० बीमा बापतको ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा पाउने छन् । सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचीकृत गरिएको छ ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ००:००