१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका तीन हजार नागरिकको स्वास्थ्य बीमा

लेखक स्थानीय खबर १५ चैत्र २०७४, बिहिबार २ मिनेट पढाइ

१५ चैत, खोटाङ ।
सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि बीमा गरेका हुन् ।

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिएको जिल्ला अस्पतालका प्रमुख डा रामबहादुर केसीले जानकारी दिए । जिल्लामा गत पुस २४ गतेदेखि दर्ता सहयोगीमार्फत बिमितको स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको थियो ।

गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकले फागुन १ गतेबाटै स्वास्थ्य बीमाको शर्त अनुसारका सेवासुविधा लिन थालेको अस्पतालले जनाएको छ । सर्वसाधारण स्वास्थ्य बीमातर्फ आकर्षित भएका छन् ।

स्वास्थ्य बीमाको पूर्व तयारीमा जिल्लाका सबै नगर÷गाउँपालिकामा आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालनपछि ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालसंगै छिमेकी जिल्लाका अस्पताल तथा सरकारी अस्पतालबाट बीमाको शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा गरिएको हो ।

हरेक वडामा नियुक्त गरिएका स्वास्थ्य बीमा दर्ता सहयोगीले अहिले पनि स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरणको काम गरिरहेका छन् । पाँच जना सम्मको परिवारले वार्षिक रुपमा २ हजार ५ सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने थाहापाएपछि सर्वसाधारण स्वास्थ्य बीमाप्रति आकर्षित भएका हुन् ।

५ जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।