१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ सय स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता अपुग



स्थानयि खबर संवाददाता
काठमाडौं, १३ चैत

करिब ५ सय गाउँपालिका र नगरपालिकामा बृद्ध बृद्धा, अपाङ्ग, दलित एकल महिला, लोपोन्मुख आदिवासी जनजातिलाई बितरण गर्नु पर्ने सामाजिक सुरक्षा भत्ता अपुग भएको छ ।

केन्द्रीय पञ्जीकरण विभागका अनुसार करिब भत्ताका लागी ४० अर्ब रुपैयाँ आवश्यक भए पनि दशैं अगाडी अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । अपुग रकम बिनियोजन गर्न स्थानीय तहहरूले विभागसँग अनुरोध गरिरहेको छ ।

विभागले फागुन २ गते नै अर्थ मन्त्रालयलाई पत्राचार गरेर भत्ताका लागी ४ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गर्न अनुरोध गरेको थियो । तर अहिलेसम्म विनियोजन नभएको विभागले जनाएको छ ।

“अर्थ मन्त्रालयले विनियोजन गरेको ३६ अर्ब रुपैयाँ दशैं अगाडी नै ७ सय ६५ वटा स्थानीय तहमा पठायौं । करिब ५ सय स्थानीय तहमा अपुग भएको छ,” विभागका एक अधिकारी भन्छन्, “यस बर्ष तथ्यांक अद्यावधिक व्यवस्थित नभएकाले कुनै स्थानीय तहमा पहिलो किस्ता नै बाँड्न नसक्ने गरि थोरै बजेट विनियोजन भएको रहेछ । अर्को बर्षदेखि व्यवस्थित हुनेछ ।”

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००