५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लहान नगरपालिकाले एकिकृत बस्ती निर्माण गर्ने



९ चैत, लहान ।
लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई लक्ष्य गरी एकीकृत वस्ती निर्माण गर्न लागेको छ । अतिविपन्न, गरिब र दलित परिवारलाई लक्ष्य गरेर लहान नगरपालिका ५, ११ र २१ मा एकीकृत बस्ती निर्माण गर्न लागेको लहान नगरपालिकाका प्रमुख मुनी साहले जानकारी दिए ।

एकीकृत बस्तीमै सामुदायिक भवन, बाल विकास कक्ष समेत निर्माण गर्ने योजना रहेको उनले बताए । एकीकृत बस्ती निर्माण कार्यक्रम अन्तर्गत नगरपालिका ५, ११ र २१ स्थित ऐलानी जग्गामा बस्दै आएका विपन्न दलित परिवारका लागि पहिलो चरणमा ५० वटा व्यवस्थित एक तल्ले पक्की घर निर्माण गरिने साहले बताए ।

“आगामी वर्षमा थप ५० पक्की घर निर्माण गर्ने लक्ष्य छ,” उनले भने । यस्तै अत्यधिक ध्वनी प्रदूषण गर्ने डिजे बजाउन आजदेखि लहान नगरपालिकाभित्र प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकालाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन अस्पताल चोक देखि सिङराही सम्म पूर्व–पश्चिम राजमार्ग छेउमा एक बिघा जग्गा भाडामा दिने वा जग्गाधनीले आफ्नै निगरानीमा अस्थायी बसपार्क सञ्चालन गर्ने अनुमति दिने योजना छ ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००