१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका गाउँपालिकामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सुरू



२० फागुन, म्याग्दी
मालिका गाउँपालिका ७ बिममा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु भएको छ । मालिका गाउँपालिका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना अन्तर्गत १ करोड ४३ लाख एक हजारको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो ।

विसं २०७५ जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट बिमको नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुक्जालीले बताए ।

बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेपानीको मुहानको पानी सौर्य ऊर्जाको सहायताले पम्पिङ गरेर जोगीबिसौनामा निर्माण हुने रिजर्भ ट्याङ्कीमा पु¥याएर निजी धारामार्फत घर घरमा वितरण गरिनेछ ।

सामुदायिक विद्यालय, मन्दिर, आमा समूह, युवा क्लबको कार्यालय लगायत आठ ठाउँमा थप निजी धारा जडान गरिने भएको छ । बिबोटखोलाको मुहानदेखि जोगीबिसौना सम्मको उचाइ २४० मिटर छ । नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको अनुदानमा निर्माण हुने उक्त आयोजनामा उपभोक्ताको श्रम तथा वस्तुगत गरेर २७ लाख ६९ हजार बराबरको लागत रहेको परियोजनाले जनाएको छ ।

मुख्य र शाखा पाइपलाइन निर्माणका लागि श्रमदानमा जुटेका बिमका बासिन्दाले आयोजना निर्माण भएपछि राहत मिल्ने अपेक्षा गरेका उपभोक्ता बलबहादुर जुक्जाली बताउछन् । दुईवटा इन्टेक, ८ वटा पानी संकलन ट्याङ्की, ११९ धारा र ९ हजार ९०९ मिटर पाइपलाइन रहने परियोजनाले जनाएको छ । बिममा ४१६ घरधुरीको बसोबास छ ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००