६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाह दर्ता र नागरिकता नहुँदा राज्यको सेवाबाट वञ्चित



१९ फागुन, महोत्तरी । विवाह दर्ता र नागरिकता नभएका कारण महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी राय राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित छिन् । ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठीन भएको छ ।

घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो । उनको एकमात्र १२ वर्षका छोरा राहुल आर्थिक अभावका कारण विद्यालय जान सकेका छैनन् । उचित शिक्षादिक्षा र संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर सोनावति चिन्तित छिन् ।

नागरिक ता र विवाह दर्ताको प्रमाण पत्र नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उनले बताईन् । सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाए ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताए । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ००:००