२८ माघ, गोरखा ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गोरखाको शहीदलखन गाउँपालिका– ६ घैरुङमा खानेपानी आयोजनाको शिलन्यास गरेका छन् । ६ करोड ७६ लाख लगानीमा तीन वर्षभित्र निर्माण सक्ने गरी आयोजना निर्माण कार्य शनिबारदेखि अघि बढेको हो ।
खानेपानीको अभाव रहेको घैरुङका ४ सय घरधुरीमा घरघरै खानेपानी पु¥याउन आयोजना निर्माण गर्न लागिएको हो । करङखोलाबाट लिफ्टिङ गरी गाउँसम्म खानेपानी ल्याइनेछ । आयोजना शिलान्यास गर्दै डा वाग्लेले योजनाका कामहरु दु्रत गतिमा अघि बढाएमा बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गरे । आयोजना निर्माण गर्न योजना आयोगबाट १ करोड बजेट आइसकेको छ ।
कूल लागतको २० प्रतिशत उपभोक्ताले जनश्रमदान गर्नुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछानेले बताए । तीन ठाउँमा ट्यांकी बनाएर खोलाको पानी पहाडको टुप्पोमा रहेको घैरुङ गाउँसम्म ल्याउने योजना अनुसार आयोजना निर्माण शुरु गरिएको वडाध्यक्ष दिलीपनारायण थापाले बताए ।
रासस


प्रतिक्रिया