१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

लेखक स्थानीय खबर २५ माघ २०७४, बिहिबार १ मिनेट पढाइ

२५ माघ, महोत्तरी ।
स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै स्थानीय तहद्वारा सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विकल्प नभएको धारणा राखे ।

बर्दिबास नगरपालिका–३ का बासिन्दा रहेका नेता पोखरेलले आफैले बीमा गराएर बीमा कार्यक्रमको शुरुवात गरेका हुन् । कार्यक्रममा महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामीण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने विचार राखे ।

प्रदेशसभा सदस्य शारदा थापाले बीमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गरिन् । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भने, “सरकारले ल्याएको बीमा कार्यक्रम उद्देश्यअनुसार लागू भए गरिबका लागि कोसेढुंगा सावित हुन्छ ।”

नेपालको २६औँ जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाईं स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ घर घरमा बिहीबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थ्य बीमा अभियान सञ्चालनको शुरुवात् गरेको स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताए ।
रासस

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।