१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म र मृत्युमा नगद दिने निर्णयले देउमाइबासी हर्षित



३० पुस, इलाम । जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो ।

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ । जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३ सय महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ ।

विसं २०७१ मा नगरपालिका घोषणा भएको देउमाईमा ३२ हजार ३६६ जनसंख्या छ । यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले बताए । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ छ । रासस

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार ००:००