१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेपाङका लागि खानेपानी योजना शुरु



३० कात्तिक, मलेखु— धादिङ ।
अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवारमात्र होइन मतदाता समेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेको बेला दक्षिणी धादिङको गजुरी गाउँपालिका ६ स्यामैडाडाँका चेपाङले भने वर्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना शुरु गरेका छन् ।

सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको सत्य साई साधना भवनको शिलान्यास सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी र श्रीमती हाइमा रेड्डीले संयुक्तरुपमा बुधबार शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वेद पाठ र सत्य साई साधना गरिएको थियो ।

कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको सो योजना निर्माणमा कति खर्च लाग्ने भन्ने खुलाइएको छैन ।

“गाउँमा खानेपानी समस्या थियो । जिल्लामा समेत गुनासो पुगेको थियो । जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा समेत चेपाङले ज्ञापनपत्र बुझाएका थिए तर सुनुवाइ भएको थिएन । यसबारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको सत्य साई सेवा संगठन, नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिए ।

हेलिकप्टरमा आएका सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी सहितका अतिथिलाई चेपाङले आफैँले पञ्चैबाजा बजाएर स्वागत गरेका थिए । सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा ९सामुदायिक भोजन० आयोजना गरिएको थियो ।

स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, दन्त, आँखा, साधारण चेकजाँच र विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो । गाउँघरमै शिविर सञ्चालन भएकाले बालबालिका, विद्यार्थी, वृद्धवृद्धा, वयस्क महिला तथा पुरुष गरी ७०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको वडा सदस्य संगीता चेपाङले बताइन् ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००