१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्जिकरण र सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई वर्ल्ड बैंककाे १६ अर्ब ३७ करोड सहुलियत ऋण



स्थानीय खबर संवाददाता

सामाजिक सुरक्षा भत्ता बैंकबाट बाँड्न र जन्मदर्तालगायतका पञ्जिकरणलाई व्यवस्थित गर्न विश्व बैंकले नेपाल सरकारलाई १६ अर्ब ३७ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । केन्द्रीय पञ्जिकरण विभागका अनुसार अर्थ मन्त्रालय र विश्व बैंकबीच सामबार सहमति भएको छ । विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार सामाजिक सुरक्षा संरक्षण तथा पञ्जिकरणसम्बन्धि ५ बर्षे कार्यक्रम २५ जिल्लामा सञ्चालित हुनेछन् ।

“छनोट भएका २५ जिल्लाका सबै लाभग्राहीलाई ३ बर्षभित्र बैंकबाट भत्ता बितरण गर्नुपर्ने सहमति भएको छ,” ठाकुरले भने, “यी जिल्लाहरूमा युनिट नै खडा गरेर पञ्जिकरणलाई व्यवस्थित गर्ने सहमति भएको छ ।” पञ्जिकरणका लागी जनशक्ति व्यवस्थापन र पूर्वाधार निर्माणसमेत गरिनेछ । ‘इलेक्ट्रोनिक ट्रान्सफर’अन्र्तगत स्थानीय निकायका कर्मचारीले लाभग्राहीलाई हातबाट भत्ता दिने परिपाटी अन्त्य गर्ने ठाकुरले बताए । उक्त रकममध्ये अधिकांश स्थानीयस्तरमै खर्च हुनेछ । लक्ष्य पुरा भएमा विश्व बैंकले थप अनुदान दिनेछ ।

कार्यक्रमका लागी छनोट भएका जिल्लाहरू बाँके, भक्तपुर, चितवन, डडेल्धुरा, दैलेख, धनकुटा, धनुषा, गुल्मी, झापा, जुम्ला, कैलाली, कञ्चनपुर, कास्की, काठमाडौ, मोरङ, पाल्पा, पर्सा, रुपन्देही, सिन्धुपाल्चोक, सिराह, सुनसरी, सुर्खेत, स्याङ्जा, तनहुँ र उदयपुर छन् ।

प्रकाशित मिति : १० माघ २०७३, सोमबार ००:००