१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फेवाताल संरक्षण गर्नेलाई भोट’



२५ कात्तिक पोखरा । आन्तरिक एवं बाह्य पर्यटकले खचाखच फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने, “अबको भोट फेवा ताल बचाउनेलाई दिन्छौ ।”

वाम गठबन्धनले आयोजना गरेको निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रममा स्थानीयबासीले फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन ।

युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिनुपर्नेमा जोड दिए । साथै तालको मुहान हर्पन खोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट मागेका छन् । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००