१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाकाे भद्रपुरमा सुविधासम्पन्न सहकारी पसल सञ्चालनमा



झापा । भद्रपुर नगर क्षेत्रका उपभोक्तालाई मध्यनजर गर्दै सुविधा सम्पन्न सहकारी पसल खुलेको छ । भद्रपुरको पहिलो पाइला कृषि सहकारी संस्थाले एग्रो मार्ट र एग्रो मिट सप सञ्चालनमा ल्याएको हो । दुवै पसलको उद्घाटन इजरायलका राजदुत यारोन मायेरले उद्घाटन गरेका छन् ।

उद्घाटनमा सम्बोधन गर्दै इजरायलमा गएर कृषि क्षेत्रमा अध्ययन गरि नेपाल फर्किएपछि केकस्तो काम गरिरहेका छन् भनि बुझ्न आफू भद्रपुर आएको उनले बताए । पहिलो पाइला कृषि सहकारीले गरेको कामप्रति उनले खुशी व्यक्त गरे ।

कृषी क्षेत्रको विकास भएका कारण आफ्नो मुलुक इजरायल समृद्ध बनेको स्मरण गराए । साथै कृषि विषय अध्ययन गर्न इजरायल जाने नेपालीले आफ्नो सीपलाई व्यवहारमा पालना गर्नु पहिलो कर्तव्य भएको बताए । एउटा कोठामा दैनिक उपभोग्य वस्तु र अर्कोमा मासु कक्ष बनाइएको छ ।

कार्यक्रमको औचित्यमाथी संस्थाका सदस्य रमेश भट्टराइले प्रष्ट पारेका थिए । खेतिको लागी औजार, मल विउ लगायत चाहिने सामग्री सहकारीवाट उपलब्ध गराइने साथै किसानले उत्पादन गरेको जति पनि वस्तु खरिद गर्ने भट्टराइले बताए ।

कार्यक्रममा इजरायलमा एक वर्ष कृषि अध्ययन गरि फर्केर सहकारीमा काम गरिरहेका रमेश भट्टराई, विरेन गुरागाँइ, निर्मल दहाल, इनसार मगर, मिलन राजवंशी, सञ्जय गिरी, कमला गिरी, गंगा खरेललगायत १३ जनालाई सहकारीले कदर पत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००