११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आईएमई बैंकद्वारा रिलायबल डेभलपमेन्ट एक्विजिसन



 

ग्लोबल आईएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोबार थालेको छ ।  रिलायबल बैंकको प्राप्तिपश्चात ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ९७ दशमलव ७० अर्ब, कर्जा लगानी ८२ अर्ब, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटीएम ११४, एक्सटेन्सन काउन्टर ५ वटा, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको बैंकले जनाएको छ ।

२०६३ पुस १८ गते स्थापना भएको ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एन्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गरिसकेको छ । ११ वर्ष अघि स्थापित रिलायबल डेभलपमेन्ट बैंकले १७ वटा शाखामार्फत् बैंकिङ कारोबार गर्दै आएको थियो ।

यस प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने कूल निक्षेप ९७.७० अर्व रुपैयाँ, कर्जा लगानी रु. ८२ अर्व रुपैयाँ पुगेको छ । साथै यस बैंकको शाखा १ सय १२ पुगेको छ भने भारत र अस्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना भइसकेको छ ।

यस बैंकको एटिएम १ सय १४, एक्सटेन्सन काउण्टर ५ वटा, शाखारहित बैंकिङ्ग सेवाको संख्या ४६ पुगेको छ । यस बैंकको ग्राहक संख्या ७ लाख नाघिसकेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकीकृत कारोबारको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००