६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थोरै समयमा धेरै काम गर्नु पर्नेछः मेयर शाक्य



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि थोरै समयमा धेरै काम गर्नुपर्ने बताएका छन् ।

प्राकृतिक आयुर्वेदिक पोलिक्लिनिकको आज कोटेश्वरमा उद्घाटन गर्दै प्रमुख शाक्यले पुरानै शैलीबाट काम गर्ने कर्मचारी र पुराना संरचनालाई नयाँ तरीकाले पुनःस्थापित नगरेसम्म विकास सम्भव नहुने बताए ।

आयुर्वेद नेपालको पुरानो उपचार पद्धति भएकाले यसको संरक्षण गर्नु पर्ने र आयुर्वेद विषयमा अध्ययन गरी नीति योजना बनाउन जरुरी भएको उनले बताए ।

करिब ४ महिनाअघि सञ्चालनमा ल्याइएको आयुर्वेदिक पोलिक्लिनिकले दैनिक एकसय भन्दा बढी बिरामीको उपचार गर्दै आएको पोलिक्लिनिकका सञ्चालक महेन्द्रराज बज्राचार्यले जानकारी दिए ।

नसर्ने रोग, ग्याष्ट्रिक, पाइल्स, फिस्टुला, फिसर, अल्सर, अपचलगायतको उपचार गरिने उनले बताए ललितपुरको मंगलबजारस्थित प्राकृतिक जडीबुटी उद्योगले औषधि उत्पादन गर्ने तयारी गरेको उनले बताए ।

‘धुवाँ धुलोबाट नगरवासीलाई मुक्त बनाउँछौं’

अर्को कार्यक्रममा मेयर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदाको जीर्णोद्धार चाँडै गरिने बताएका छन् ।

ज्यापू महागुठी महानगर कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले सम्पदास्थल महानगरको पहिचान भएको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताए । महानगरमा बढ्दै गएको प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने उनले बताए ।

नेपाली कांग्रेस नेता तीर्थराम डङ्गोलले मापदण्डविपरीत अव्यवस्थित रुपमा सञ्चालित सवारी साधनलाई प्रतिबन्ध गरी सडक विस्तारका क्रममा अपुरो छाडेको कामलाई पुरा गर्न सुझाव दिए । रासस

प्रकाशित मिति : ३ असार २०७४, शनिबार ००:००