४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको फोहर विसर्जनमा सिसडाेल बासीको अवरोध



 

१८ जेठ, नुवाकोट ।
ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ ।

काठमाडौंको तीनपिप्ले देखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोल सम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौंबाट फोहर बोकेर आएका करीब १०० वटा गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन् ।

काठमाडौं महानगरपालिका मार्फत ठेक्का लगाएर तीनपिप्ले देखि सिसडोल सम्मको करीब नौ किलोमिटर सडकको जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयवासी लालबहादुर बलामीले बताए ।

“कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडक समेत छोपिएको छैन” बलामीले भने, “ठूलोखोलादेखि प्रहरी चौकी सम्मको करीब तीन किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ ।”

उनका अनुसार गुणस्तरीय काम नगरेको भन्दै यसअघि विभिन्न पटक जनप्रतिनिधि मार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ नभएको हो ।

काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन यहाँको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ ।
रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ००:००