
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले जेन–जी आन्दोलनबाट क्षति पुगेको भवनहरू पुननिर्माण गर्दा नेपालकै काठ प्रयोग गर्नु पर्नेमा जोड दिएको छ ।
महासंघले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने सामुदायिक वनको काठ उपयोग गर्नु पर्ने माग राखेका छन् । महासंघका अध्यक्ष ठाकुर भण्डारीले एकातिर निर्माण सामाग्री विदेशबाट निर्यात गर्ने, अर्कोतिर सामुदायिक वनमा काठ कुहिएर जाने गरेको बताए ।
“एकातिर बर्षेनी लाखौँ वटा रुख धोद्रो पसेर कुहिँदै गइरहेको छ । अर्कोतिर निर्माण र पुननिर्माणका लागी चाहिने अर्बौ रुपैयाँको काठ र फलाम आयात भइरहेको छ,” भण्डारीले भने, “सामुदायिक र अन्य वनबाट उत्पादित काठ उपयोग गर्न हाम्रो नीतिहरू बाधक छन् । बाधक नीतिहरू फुकाउनु पर्छ ।”
संघीय सरकारले केही दिनअघि जेन–जी आन्दोलनबाट क्षति पुगेका संरचनाहरूको पुननिर्माणका लागी आयात गरिने सामाग्रीमा लाग्ने भन्सार शुल्क ५० प्रतिशत दिने निर्णय गरेको छ । यस निर्णय प्रति पनि भण्डारीले आपत्ति जनाए । पुननिर्माणका लागी भित्रिने सामाग्रीमध्ये अधिकांश काठ, फलाम, आल्मुनियम हुने भण्डारीको दाबी छ ।
“एकातिर हाम्रो काठ उपयोग गर्ने नीति अनुदार छ । अर्कोतिर भन्सार छूट हुँट दिएर निर्माण सामाग्री भित्र्याउने निर्णय गरेको छ,” भण्डारीले भने, “यो निर्णयले समग्र मुलुकलाई घाटा मात्रै हुन्छ । त्यसैले काठ उपयोग गर्ने नीतिलाई व्यहारिक बनाउने र विदेशी निर्माण सामाग्री आयातलाई निरुत्साहित गर्नु पर्छ ।”
महासंघको विज्ञप्ति






प्रतिक्रिया