काठमाडौं, जेठ २ । के एल दुगड समूह अर्न्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वर्ल्डकप अफर’ ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काईवर्थका बिभिन्न टेलिभिजनहरूको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ ।
कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टेलिभिजनमा विशेष क्यसब्याक अफर ल्याएको हो ।
कम्पनीले बिगत ४ बर्षदेखि स्काईवर्थका सामानहरू बिक्रि गर्दै आएको छ । यो ब्रान्डका सामाग्रीहरू विश्वसनीय, टिक्ने र चलाउन सझिलो हुने कम्पनीको दाबी छ । साथै विश्वभर नै सहुलियत मूल्यमा गुणस्तरीय सामान बिक्रि गर्दै आएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया