३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजेको सेकुवा अब न्युयोर्कमा



 

नेपालमा लोकप्रिय बाजेको सेकुवाले अमेरिकाको न्यूयोर्कमा शाखा खोल्ने भएको छ । बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले न्युयोर्कमा रहेका नेपाली व्यवसायिक समुह फ्रेञ्चाइजसँग शाखा स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फ्रेञ्चाइजमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी, केदार प्रसाद श्रेष्ठ, मेहेश बहादुर भट्टराई र गणेश लम्साल छन् । अहिले नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तराष्ट्रिय स्तरमा यो पहिलो शाखा हुनेछ ।

आउँदो ६ वर्ष भित्र अमेरिकामा थप ७ वटा शाखाहरु खोल्ने लक्ष्य राखेको छ । अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखा विस्तार गर्ने उद्धेश्य राखेको छ ।

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार ००:००