१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुक्लामा पर्यटक अलपत्र



सोलुखुम्बु । बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा ६ दिनदेखि उडान अवरुद्ध भएर यात्रु अलपत्र परेका छन् । असार १ गते विमानस्थलमा जहाज अवतरण भएयता कुनै पनि उडान भर्न नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिए तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सलेसमेत सबै उडान स्थगन गरेका छन् ।

उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्कन लागेका करिब एक सय भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामै रोकिएका छन् । लामो समयसम्मको उडान अवरुद्धका कारण केही विदेशी तथा नेपाली पर्यटकले फाप्लुसम्म पैदल यात्रा गरेको शेर्पाले बताए ।

लुक्लाबाट फाप्लु आइपुग्न तीन दिनको पैदलयात्रा गर्नुपर्छ । लुक्लामा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्दा पर्यटक मारमा परेका छन् । विमानस्थल अवरुद्ध भएपछि लुक्ला र नाम्चेलगायत क्षेत्रका लागि काठमाडौँबाट ल्याइने तरकारी, अन्डा, मासुलगायत उपभोग्य वस्तुको अभाव भएको लुक्लाका व्यवसायी आङ दोर्जी शेर्पाले बताए । रासस

प्रकाशित मिति : ७ असार २०७४, बुधबार ००:००