३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमल गाउँपालिकाको बजेट ३३ करोड




बनियानी
— झापा, १२ कात्तिक । झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेको छ ।

शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले ३३ करोड ३३ लाख ७३ हजार ६०० को आयव्यय विवरण सार्वजनिक गर्दै आन्तरिक आयतर्फ १० करोड ७९ लाख तथा बाह्यतर्फ ३२ करोड २५ लाख ८३ हजार ६०० को बजेट विनियोजन गरिएको बताइन् ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक संरचना निर्माण, सडक विस्तार तथा कल्भर्ट निर्माण, खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतीकरण, उद्योग कलकारखाना स्थापना, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापन सहितका योजना समेटिएको बताइन् ।

उनले जनताले जनताकै लागि शासन गरेको अनुभूति हुनेगरी सेवा प्रवाहमा सुधार गर्दै नमूना गाउँपालिका बनाउने लक्ष्य नीति तथा कार्यक्रम ल्याइएको र गाउँपालिकाले प्रवाह गर्ने सेवालाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउनेसमेत उल्लेख गरिन् ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार ००:००