८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता बाँड्ने बैंक ७० पुग्यो



 

काठमाडौं/बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति र वालवालिकालाई सामाजिक सुरक्षा भत्ता बाँड्ने बैंकको संख्या ७० पुगेको छ । केन्द्रीय पञ्जिकरण विभागको पछिल्लो तथ्यांकअनुसार यी बैंकहरूले १ सय ३० नगरपालिका र १ सय ९० गाविसमा भत्ता बाँड्ने सम्झौत गरिसकेका छन् । सरकारले चालू आर्थिक बर्षको बजेटबाट देशभरका लाभग्राहीलाई बैंकबाट भत्ता बाँड्ने घोषणा गरेको थियो ।

अझै नीतिगत अन्योल

बैंकहरूले स्वतःस्फूर्त बाँड्न थाले पनि बैंङ्किङ प्रणालीबाट देशभर भत्ता कसरी बँड्ने भन्नेमा नीतिगत तह भने अझै अन्योल छ । नीतिगत तहमा समन्वय गर्नुपर्ने विभागसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरूले कुनै निर्णय गर्न सकेका छैनन् । बैंर्कस एसोसिएसनसँग केही छलफल भए पनि अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

 

 

प्रकाशित मिति : २९ पुस २०७३, शुक्रबार ००:००