१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा माओवादी केन्द्रका उम्मेदवार तय (सूचीसहित)




काठमाडौँ
, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको सूची टुंगो लगाएको छ । नेकपा एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचन आयोगले तय गरेको उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभामा १६ जना र प्रदेशसभाका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने माओवादी केन्द्रले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

नेकपा माओवादी केन्द्र बाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली यस प्रकार छः

१. संघीय संसद्का उम्मेदवारः

१ भोजपुर सुदन किराँती
२ सोलुखुम्बु हेमकुमार राई
३ रामेछाप श्यामकुमार श्रेष्ठ
४ सिन्धुपाल्चोक क्षेत्र नं २ अग्निप्रसाद सापकोटा
५ नुवाकोट क्षेत्र नं १ हितबहादुर तामाङ
६ लमजुङ देवप्रसाद गुरुङ
७ गोरखा क्षेत्र नं १ हरिराज अधिकारी
क्षेत्र नं २ नारायणकाजी श्रेष्ठ
८ बाग्लुङ क्षेत्र नं २ देवेन्द्र पौडेल
९ रोल्पा वर्षमान पुन
१० रुकुम पूर्व कमला रोका
११ रुकुम पश्चिम जनार्दन शर्मा
१२ जुम्ला गजेन्द्र महत
१३ कालिकोट दुर्गाबहादुर रावत
१४ हुम्ला चिमी लामा
१५ जाजरकोट शक्तिबहादुर बस्नेत

२. प्रादेशिक संसद्का उम्मेदवारः

१ ताप्लेजुङ ख टंक आङबुहाङ
२ पाँचथर ख इन्द्र आङ्बो
३ संखुवासभा क पूर्णप्रसाद राई
४ ओखलढुंगा ख मोहनकुमार खड्का
५ खोटाङ ख रामकुमार राई
६ दोलखा ख विशाल खड्का
७ रसुवा ख इन्द्रबहादुर गोतामे
८ सिन्धुपाल्चोक २ क युवराज दुलाल, २ ख दावा लामा
९ नुवाकोट १ क राधिका तामाङ, २ ख हीरानाथ खतिवडा
१० धादिङ १ ख शालिकराम जमरकट्टेल, २ ख जगत सिम्खडा
११ म्याग्दी क विनोद केसी
१२ गोरखा १ क लेखबहादुर थापा
२ क कमल नहर्की, २ ख अमरबहादुर गुरुङ
१३ बाग्लुङ २ क चन्द्रबहादुर बुढा
१४ रोल्पा क कुलबहादुर केसी, ख दीपेन्द्र पुन
१५ रुकुम पश्चिम क गोपाल शर्मा, ख रातु कामी
१६ रुकुम पूर्व क तेजबहादुर ओली
ख पूर्णबहादुर घर्ती
१७ डोल्पा ख वीरबहादुर शाही
१८ हुम्ला क लालकेश जैसी, ख विजय भण्डारी
१९ जुम्ला क नरेश भण्डारी
२० कालिकोट ख महेन्द्रबहादुर शाही
२१ जाजरकोट क गणेश सिंह
२२ बझाङ ख देवकी मल्ल
२३ बैतडी क केशवबहादुर भट्ट
२४ दार्चुला ख मानबहादुर धामी
रासस

प्रकाशित मिति : ५ कार्तिक २०७४, आइतबार ००:००