१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता घरदैलोमै पाएपछि सेवाग्राही हर्षित




पाँचथर
— कात्तिक ५ । पाँचथरको फिदिम नगरपालिका १० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् ।

निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उनले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका १० को घरघरमा पुगेर वितरण गरेकी हुन् ।

फिदिम नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको छ । ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सदरमुकाम फिदिम आउँदा जाँदा सवारी भाडा नै ८०० लाग्ने भएकाले सो नीति अवलम्बन गरिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष थाम्सुहाङले घर घरमै पुगेर भत्ता वितरण गरेको बताइन् । निर्वाचनको प्रचारका क्रममा व्यक्त गरिएको प्रतिबद्धतालाई अक्षरशः पालना गर्न र जनताको सेवकका रूपमा निर्वाचित भएकाले भत्ता वितरण घरमै गरिएको उल्लेख गरिन ।

सो वडामा ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका गरी २९० जनाले सामाजिक सुरक्षा पाउँदै आएको वडा कार्यालयले जनाएको छ । चालू आर्थिक बर्ष २०७४/७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि १७ लाख बजेट विनियोजन गरिएको छ ।

यसैबीच, सामाजिक सुरक्षा भत्ता गाउँघरमै वितरण गर्न वडाध्यक्ष सहित वडा सचिवलगायतको टोली नै आएपछि सोही वडाको चिलिङ्देनका ज्येष्ठ नागरिक लक्ष्मी बुढाथोकी खुशी भएकी छन् । वडाध्यक्ष बिनाले यो भन्दा राम्रो गर्ने ठाउँ छैन । हामीलाई फिदिम आउँदा जाँदा खर्च हुन्छ” उनले भने, “हामी वडा नं १० का बासिन्दा खुशी छौँ ।”

उनी जस्तै सोही ठाउँका अर्का ज्येष्ठ नागरिक शरण मगराती पनि वडाध्यक्षसहितको टोली नै घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएपछि खुशी भएका छन् ।
रासस

प्रकाशित मिति : ५ कार्तिक २०७४, आइतबार ००:००