१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा थप ८०० पक्की घर निर्माण हुने




लहान
, १ कात्तिक । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलित तथा अति विपन्न परिवारका लागि यस वर्ष थप ८०० पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष ०७४/०७५ मा दलित तथा अतिविपन्न परिवारका लागि ८०० आवास भवन ९पक्की घर० निर्माण गरिने भएको हो ।

जिल्लाका स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायतको बैठक बसेर जनता आवास घर निर्माणका लागि नगरपालिका र गाउँपालिका तथा घर संख्या टुङ्गयाइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए ।

यसअघि आव ०७३/०७४ मा छनोट भएका सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा एकहजार घर निर्माणको काम भइरहेको प्रमुख थिङले बताए ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००