२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब महानगरपालिकाको फोहर वन्चरे डाँडामा विसर्जन गरिने




काठमाडौँ
, १० असोज । काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ ।

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेको महानगर उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् । उनका अनुसार वन्चरेमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत महानगरपालिकाले गरिसकेको छ । अब कामपाको फोहर संकलन गर्ने स्थान नुवाकोटको वन्चरे नै हो ।

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले महानगरपालिकाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि महानगरपालिकाको फोहर उठ्न सकेको छैन । आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसंग महानगरपालिकाले फोहर फाल्न सहमति गरेको थियो ।

फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि महानगरपालिकाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका थिए । महानगरपालिका बाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ ।

अबको केही समयमा नै महानगरको प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ । कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र महानगरले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन् । महानगरपालिकाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन् ।
रासस

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार ००:००