३१ भदौ, उदयपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए । उनले पूर्वी पहाडको यातायात सुदृढीकरण र आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा टेवा पु¥याउने उनले बताए ।
उक्त पुलको लम्बाइ २ सय मिटर छ भने चौडाइ साढे १० मिटर छ । पुलको निर्माण लागत २२ करोड २५ लाख रुपैयाँ छ । पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभीले गर्नेछ । रासस
प्रतिक्रिया