१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हतियार सहित तिन युवा पक्राउ




राजविराज
, २७ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका– ३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा लुकाइछिपाई ल्याइएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको छ । अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

यसैबीच आगामी असोज २ गते प्रदेश नं २ अन्तरगत सप्तरीमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था एकदमै कडा पारिएको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताए ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार ००:००