८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरी पक्रीका बाढीपिडितलाई राहत बितरण




६ भदौ, सप्तरी । सप्तरी जिल्लाको महादेव गाउँपालिकाको वडा नं. ४ पक्रीमा राहत बितरण भएको छ ।  काठमाडौं बालाजुको ज्ञान मन्दिर अंग्रेजी विद्यालयका भूतपूर्व विद्यार्थीहरूले राहत बितरण गरेका हुन् । राहत बितरण गर्नेहरूमा भूतपूर्व विद्यार्थीसहित उनीहरूका सहयाेगीहरू छन् ।

उक्त ब्याचका बिद्यार्थी तथा हाल नेपाली सेनामा कार्यरत मेजर डा. प्रदीप मानन्धर, समाजसेवी विकासबावु श्रेष्ठ, व्यवसायी सागर महत, रुपान्तरण सञ्चार गृहका प्रमुख व्यवस्थापक रबिन्द्र कुमार श्रेष्ठले बितरण गरेका हुन् ।  यसैगरि नार्गजुना किड्स वर्ल्डका प्रिन्सिपल दिसु मानन्धर भन्डारी, काठमाडौं मोडल हस्पिटल स्कुल अफ नर्सिङ को नर्सिङ लेक्चरर रन्जु गुरुङ लामा र नवयुवा समाजसेवी पुकार स्याङ्बोको टोलीले राहत वितरण गरेको हो । सप्तरीको भीमदल गण र नेपाल प्रहरी पक्री चौकीको सुरक्षामा राहत बितरण भएको हो । राहत बितरणमा सुचित्रा नकर्मी, कमल नकर्मी र चिरायु शाहले राजधानीमा राहत संकलनमा सहयाेग गरेका थिए ।

राहतका साथै बाढीपिडितहरूको स्वास्थ्य उपचार पनि गरिएको छ । डा. मानन्धर र लेक्चरर लामाको अगुवाईमा स्वास्थ्य जाँच गरिएको हो । ५ गर्भवति महिलाको पनि स्वास्थ्य जाँच गरिएको छ । दुषित पानी र अस्वस्थ खानका कारण विभिन्न रोग लाग्न थालेको डा. मानन्धरले बताए ।

गत हप्ता आएको भारी बर्षाका कारण डुवानमा परेका पक्रीबासीलाई अहिलेसम्म सरकारी निकायबाट राहत बितरण भएको थिएन । स्थानीयवासी राजकुमार इसरका अनुसार पक्रीमा दलित समुदायका सदा, डोम, मरिकलगायत ९० र १० घर मुसलमान छन् । यसबाहेक राम समुदायलाइ पनि बाँकी राहत बितरण गरिएकाे छ ।

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार ००:००