४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको वातावरण बन्दैछः महतो



 

महेन्द्रनगर (धनुषा) ३ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोले २ नं. प्रदेशमा निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको बताएका छन् ।

बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आइपुगेका महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि सबै दललाई सहभागी हुन आग्रह गरे ।

उनले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरे । राजपाले राहतका लागि २६ अर्ब रुपैयाँको माग गरे पनि सरकारले १ अर्ब रुपैयाँ मात्रै निकासा गरेको बताए । रासस

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार ००:००