११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा बाढीले २५ करोडको माछा बगायो




महेन्द्रनगर
— धनुषा, १ भदौ । बाढीले धनुषामा २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांक अनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।

कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए ।

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ ।

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । उनलाई एक करोडभन्दा बढीको नोक्सानी भएको भएको छ । सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछा समेत बाढीले बगाएको छ ।
रासस

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार ००:००