१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु




सुर्खेत
, २९ साउन । अविरल वर्षासंगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उहाँका १४ वर्षीय नाति विक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको छ ।

यता, रत्न राजमार्गको हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो ।

सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैदेखि शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु

हेटौँडा, मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आइतबार बिहान वर्षासंगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार ००:००