५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बालवालिकाको बजेट अरू ठाउँमा खर्च हुँदैन’



नयाँ स्थानीय तहका जनप्रतिनिधीहरूले वालवालिकाका लागी विनियोजन हुने बजेट अन्यत्र खर्च नगर्ने प्रतिवद्धता जनाएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपाकिलाका जनप्रतिनिधिहरूले उक्त प्रतिवद्धता जनाएका हुन् । पञ्चकन्या गाउँपालिकाकी उपप्रमुख सृजना खड्का पराजुलीले वालवालिकालाई विनियोजन हुने बजेट अन्य क्षेत्रमा खर्च नगर्ने बताईन् ।

“विगतमा के भयोभन्दा पनि अब के हुन्छ ? भन्ने कुरा महत्वपूर्ण छ,” पराजुलीले भनिन्, “हामी भरखरै निर्वाचित भएर आएका छौं, वालवालिकाका लागी आवश्यक बजेट विनियोजन गर्छौं । सम्बन्धित क्षेत्रमा बजेट खर्च भए/नभएको अनुगमन गर्छौं ।” साथै वालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक तयारी गर्न पनि तत्पर रहेको बताईन् ।

यसै गरि २ नं. वडाका अध्यक्ष ध्रुबप्रसाद मिश्रले वालवालिकाका लागी बजेट कमी हुन नदिने दाबी गरे । “राष्ट्रिय माविले १ लाख रुपैयाँ माग गरेको रहेछ, अपुग हुन्छ भनेर मैले २ लाख रुपैयाँ विनियोजन गरें,” मिश्रले भने, “कापी, कलम, ड्रेसको अभावले कुनै पनि वालवालिका विद्यालय जान सकेनन् भने वडा कार्यालयमा सम्पर्क राख्नुहोला ! आवश्यक बजेट विनियोजन गर्छु ।”

वालवालिकाका लागी विनियोजित बजेटबाट कार्यालय सजावट, मसलन्द खरिद, शिक्षकको सुविधाका लागी खर्च गर्न नदिने र त्यसरी खर्च भएको पाइएमा कारवाही गने मिश्रले बताए । आफ्नो वडालाई छिट्टै वालमैत्री घोषणा तयार रहेको मिश्रले बताए । कार्यक्रममा मिरेष्ट नेपालले बालमैत्री स्थानीय शासनसम्बन्धि बृत्तचित्र प्रदर्शन गरेको थियो । कार्यक्रमका बारे मिरेष्टका महासचिव कुमार यात्रुले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार ००:००